सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३९.१३ प्रतिशतले घटेर ३ करोड १५ लाख ७२ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा को विद्युत बिक्री आम्दानी १९ करोड ८९ लाखबाट १०.०६ प्रतिशतले घटेर १७ करोड ८९ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च ८ करोड ६ लाखबाट घटेर ७ करोड ९ लाख रुपैयाँमा झरेको छ। कम्पनीको आम्दानी घट्दा नाफा घटेको हो।
१ अर्ब १७ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको रिटेन्ड अर्निङमा ८ करोड ५१ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३.७० पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ २६ पैसा रहेको छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया