रुरु जलविद्युत् परियोजनाले म्याग्दी हाइड्रोपावरमा लगानी गर्ने

रुरु जलविद्युत् परियोजनाले म्याग्दी हाइड्रोपावरमा लगानी गर्ने
Advertisement Ads

रुरु जलविद्युत् परियोजना लिमिटेडले अन्य जलविद्युत् कम्पनीमा आफ्नो लगानी विस्तार गर्ने निर्णय गरेको छ। कम्पनीले म्याग्दी हाइड्रोपावर लिमिटेडको जगेडा संस्थापक सेयर खरिद गर्ने निर्णय गरेको हो।

यो निर्णय रुरु जलविद्युत् परियोजना लिमिटेडको सञ्चालक समितिको असार २५ गते बेलुका साढे ५ बजे काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बसेको बैठकले गरेको हो।

बैठकको निर्णयअनुसार कम्पनीले म्याग्दी हाइड्रोपावर लिमिटेडको ८ लाख कित्ता जगेडा संस्थापक सेयर खरिद गर्नेछ। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा उक्त सेयर खरिदका लागि कम्पनीले कुल ८ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।

Screenshot 10 7 2026 12550 www.nepalstock.com https://bajarkochirfar.com/ruru-hydropower-project-to-invest-in-myagdi-hydropower | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स