चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल जेठ ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो ।
अहिलेसम्म संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत पूरा भइसकेको छ। चालु आर्थिक वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो। जेठ महिनामा मात्रै ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको जेठ महिनाको ८५ अर्ब ११ करोड रुपैयाँभन्दा बढी हो।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया