रिलायन्सको आइपिओमा ‘ज्याकपोट’: २९ दिनमै प्रतिकित्ता ३१ सय नाफा , ४१ हजारको लगानी कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २३ गते
रिलायन्सको आइपिओमा ‘ज्याकपोट’: २९ दिनमै प्रतिकित्ता ३१ सय नाफा , ४१ हजारको लगानी कति पुग्यो ?

नेपालको पुँजी बजारमा ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ जारी गर्दा सबैभन्दा बढी चर्चा र विवादमा तानिएको रिलायन्स स्पिनिङ मिल्सले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गर्दै लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सफल भएको छ।

सुरुवाती चरणदेखि नै अन्योल र आलोचनाको केन्द्र बनेको यस कम्पनीले नेप्सेमा सूचीकृत भएपछि भने लगानीकर्तालाई राम्रो ‘रिटर्न’ दिन सफल भएको हो। बुक बिल्डिङमार्फत प्रतिकित्ता करिब ८२० रुपैयाँमा ५० कित्ता सेयर हात पारेका लगानीकर्ताका लागि यो कम्पनी ज्याकपोट सावित भएको छ।

कम्पनीको सेयर दोस्रो बजारमा ३०० रुपैयाँको विन्दुबाट कारोबार सुरु भएको थियो। त्यसपछि निरन्तर उकालो लागेको मूल्य सोमबार अधिकतम ३,९२२ रुपैयाँसम्म पुगेको छ। उच्च मूल्यमा सेयर बिक्री गर्न सफल लगानीकर्ताले उल्लेखनीय नाफा कमाएका छन्। आज उच्च मूल्यमा सेयर बेचेका लगानीकर्ताले एक कित्तामा ३१ सय नाफा कमाएका छन् भने करिब ४१ हजार रुपैयाँ लगानीबाट झण्डै १ लाख ५५ हजार रुपैयाँभन्दा बढी नाफा कमाएका छन् ।

सोमबार आज उच्च विन्दुमा पुगेको सेयर मूल्य लगानीकर्ताहरूले प्रोफिट बुक गरेपछि भने कम्पनीको सेयर मूल्य तल ओर्लिएको छ। आज लगानीकर्ताले नाफा सुरक्षित गर्न थाल्दा बजारमा कम्पनीको ३  लाख २६ हजार भन्दा बढी कित्ताको सप्लाई आएको छ। कारोबारको अन्त्यमा भने कम्पनीको सेयर मूल्य आज ३,५०९ रुपैयाँमा बन्द भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स