रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्य सर्वसाधारणलाई जारी गरिएको आईपीओ मूल्यभन्दा माथि पुगेपछि लगानीकर्ताले पहिलो पटक नाफा देख्न थालेका छन्। नेप्सेमा कारोबार सुरु भएको करिब एक महिनापछि, १३औँ कारोबार दिनमा कम्पनीको सेयर मूल्य आईपीओ मूल्य नाघेको हो।
नेप्सेले ओपनिङ रेन्ज अधिकतम ३०० रुपैयाँ तोकेका कारण ८२० मा सेयर किनेका लगानीकर्ताहरू सुरुवाती दिनदेखि नै ‘कागजी घाटा’मा थिए।
कम्पनीको सेयर नेप्सेमा फागुन ४ गतेदेखि कारोबारमा आएको थियो। पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो। सोही अनुसार पहिलो कारोबार ३०० रुपैयाँबाट सुरु भएको थियो।
तर, लामो समयसम्म सेयर मूल्य आईपीओ मूल्यभन्दा तल नै कारोबार हुँदै आएको थियो। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ८२०.८० रुपैयाँमा साधारण सेयर (आईपीओ) जारी गरेको थियो।
बिहीबार समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य ८९३.३ रुपैयाँमा कारोबार भइरहेको छ, जसले आईपीओ भर्ने लगानीकर्तालाई पहिलो पटक नाफा देखाएको छ। हाल सम्म कम्पनीको ९२० कित्ता सेयर कारोबार भएको छ।










![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया