रिलायन्स स्पिनिङ मिल्सको सेयरको लकइन अवधि आजदेखि सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १८ गते
रिलायन्स स्पिनिङ मिल्सको सेयरको लकइन अवधि आजदेखि सकिँदै
AdvertisementAds

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको लक–इन अवधि आजदेखि समाप्त हुँदैछ।

कम्पनीको ५७ हजार ७९८ कित्ता सेयरको लक–इन अवधि सकिन लागेको हो। कम्पनीको आईपीओ २०८२ पुस १८ गते बाँडफाँड भएको थियो।

प्रचलित व्यवस्था अनुसार सर्वसाधारणलाई जारी गरिएको आईपीओमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर आईपीओ बाँडफाँड भएको मितिले ६ महिनासम्म लक–इनमा राख्नुपर्ने हुन्छ।

सोही व्यवस्था अनुसार रिलायन्स स्पिनिङ मिल्सको उक्त सेयरको लक–इन अवधि आजदेखि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स