राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सात बुँदे सहमति भएको छ। यस विषयमा रवि लामिछानेका दाजु हरिशरण लामिछानेले खुशी व्यक्त गरेका छन्।
साथै उनले काठमाडौँ महानगरपालिकाको भावी मेयरमा आफ्नो दाबी रहने संकेत गरेका छन्। हरिशरण लामिछानेका अनुसार, काठमाडौँ महानगरमा उनले स्वतन्त्र उम्मेदवारी दिने सम्भावना रहेको छ।
उनले लेखेका छन्– ‘दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु।’


प्रतिकृया