राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले आइपिओ जारी गर्दा आकर्षक वित्तीय प्रक्षेपण देखाएर सर्वसाधारणबाट लगानी उठाउने तर सूचीकृत भएपछि कम्पनीको वास्तविक वित्तीय अवस्था कमजोर हुने प्रवृत्तिप्रति प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ मा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गरेका कामकारबाहीबारे छलफलका क्रममा उनले आइपिओ विवरणपत्रमा प्रस्तुत गरिने नाफा र प्रतिशेयर आम्दानी (इपिएस)को प्रक्षेपण तथा सूचीकरणपछि देखिने वास्तविक वित्तीय अवस्थाबीच ठूलो अन्तर देखिने गरेको बताइन्। यसले सर्वसाधारण लगानीकर्ता मारमा परेको उनको भनाइ थियो।
अधिकारीले यस्तो अवस्थामा आइपिओ विवरणपत्रमा गरिएको वित्तीय प्रक्षेपण र वास्तविक नतिजाबीच ठूलो अन्तर देखिए सम्बन्धित कम्पनी, लेखापरीक्षक र बिक्री प्रबन्धकलाई जवाफदेही बनाउने स्पष्ट व्यवस्था छ कि छैन भनेर सेबोनसँग प्रश्न गरिन्।
उनले प्रि–आइपिओमा प्रिमियम निर्धारणको आधार, उठाइएको प्रिमियम रकमको उपयोग र त्यसको पारदर्शिताबारे पनि स्पष्ट जानकारी मागिन्। साथै, लगानीकर्ताले कम्पनीको वास्तविक अवस्था बुझ्न सकून् भन्ने उद्देश्यले आइपिओमा गरिएको वित्तीय प्रक्षेपण र सूचीकरणपछि प्राप्त वास्तविक वित्तीय नतिजाको तुलनात्मक विवरण सार्वजनिक गर्ने व्यवस्था गर्न पनि सुझाव दिइन्।

प्रतिकृया
What do you mean by आकर्षक वित्तीय प्रक्षेपण? IPO anumati dine bela ma SEBON sutera basxa, ani paxi sansad ma Company ko dosh dekhauna khojne? Kina janta lai bhramak banauna khojya? Tyai purana politicians jastai nikay ko galti dhakchop garna suru? And why do you talk in the matter you don’t have knowledge? RSP le desh banauna khojya ho ki politicians banauna, knowledge xaina, jibro xa je bole ni hune? Once the company gets listed it’s the responsibility of investors for the investments they do. Bina knowledge investment garne, ani paxi blame aru lai dine kura lai kina protsahan garya hola? Trading is a hardcore business where discipline pays in the form of profit. Yo tha nabhako kura ma bolera tax payers ko paisa waste nagaram in parliament. Jaslai je ko knowledge xa tyai bisay ma kura gare better in parliament. Else ke farak tyo 8th fail and aile ko government?