खराब कर्जा बढेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा घट्यो

खराब कर्जा बढेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा घट्यो
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १०.८७ प्रतिशत कम हो। गत वर्ष यसले ३७ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी २४.८२ प्रतिशतले बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा भने १८.५५ प्रतिशतले घटेर ४८ करोड ३० लाख रुपैयाँमा झरेको छ।साथै, बैंकको खराब कर्जा २.६२ प्रतिशतबाट बढेर ४.४० प्रतिशत पुगेको छ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ८७ करोड रुपैयाँ रहेको छ र जगेडा कोषमा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। त्यस्तै,  प्रतिसेयर आम्दानी २ रुपैयाँ ११ पैसाले घटेर १३ रुपैयाँ ५७ पैसा (वार्षिक) पुगेको छ। प्रतिसेयर नेटवर्थ भने १४३ रुपैयाँ ७४ पैसा रहेको छ।

पुस मसान्तसम्म  बैंकको वितरणयोग्य नाफा २२ करोड ८२ लाख रुपैयाँ रहेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स