नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघसंस्थाले हालै जारी भएका अध्यादेशलाई लगानी र व्यवसायको वातावरण सुधार गर्ने महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, र अन्य मन्त्रीहरूको उपस्थितिमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, र नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भगीरथ सापकोटाले यी अध्यादेशलाई स्वागतयोग्य भन्दै आफ्नो समर्थन जनाए।
निजी क्षेत्रका प्रतिनिधिहरूले कोभिड-१९ पछि सङ्कुचित अर्थतन्त्रलाई पुनर्जीवित गर्न यी अध्यादेश प्रभावकारी हुने उल्लेख गर्दै तिनको कार्यान्वयनका लागि उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरे। उनीहरूले अध्यादेशका प्रावधानले निजी क्षेत्रमा नयाँ ऊर्जा थप्ने र लगानीमैत्री वातावरण निर्माण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे। यस्तो वातावरणले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्य पूरा गर्न योगदान गर्ने उनीहरूको धारणा थियो।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते चार अध्यादेश जारी भएका थिए। भूमिसम्बन्धी अध्यादेश भने चाँडै जारी हुने प्रक्रियामा रहेको जनाइएको छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले गरेका सकारात्मक कामको सराहना गर्दै खुसी व्यक्त गरे। उनले सरकार ढल्दैछ भन्ने हल्लालाई खण्डन गर्दै सत्ता गठबन्धनले देश बनाउने नीतिहरू निर्माणमा एकताबद्ध भएर अघि बढिरहेको स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले देश विकासका लागि सुशासन र व्यावसायिक अनुकूल नीति आवश्यक रहेको बताउँदै आफ्ना व्यक्तिगत स्वार्थका लागि विरोधमात्र गर्न नहुने धारणा राखे। उनले प्रभावकारी नीति र व्यवस्थापनले समृद्धि सम्भव हुने विश्वास व्यक्त गरे।











![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)







प्रतिकृया