दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको र फर्स्ट माइक्रोफाइनान्स बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य १११५ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य १०६१.९० रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य ७९७ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ७३१ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।