राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले मंगलबार संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। मन्त्रिपरिषदको सोमबारको बैठकले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो।
सो सिफारिसका आधारमा, राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्।
माओवादी केन्द्रसहित विपक्षी ६ दलले सरकारलाई तत्काल हिउँदे अधिवेशन बोलाउन दबाब दिएका थिए। यसै बीच, सरकारले हालै ५ वटा अध्यादेश ल्याउने निर्णय पनि गरेको छ।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया