प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना कर्मचारीलाई डेढ महिनाको आधारभूत तलब बराबर क्लोजिङ बोनस वितरण गरेको छ। हाल बैंकले बाह्य लेखापरिक्षण सम्पन्न गरेपछि हुने साधारणसभामा थप बोनस वितरण गर्ने योजना बनाएको छ।
प्रभु बैंकमा करिब ४,४०० कर्मचारी कार्यरत छन्। केही बैंकहरूले क्लोजिङ बोनसको रुपमा आंशिक रकम कर्मचारी खातामा पठाइरहेका छन् भने कतिपय बैंकहरूले साधारणसभामा मात्र एकमुष्ट बोनस वितरण गर्ने गरेका छन्।
बोनस ऐनको दफा ५ को उपदफा (१) मा उल्लेख छ, ‘नाफा कमाउने प्रत्येक प्रतिष्ठानले आर्थिक वर्षको खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारी बोनसका लागि छुट्याउनैपर्छ।’ सोही आधारमा बैंकहरूले हरेक वर्ष आर्जन गरेको नाफाको अनुसार कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन्।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया