प्रभु बैंक लिमिटेडले तीन जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख ४४ हजार १२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकका अनुसार किरण देवी अग्रवालको ११ हजार ८७ कित्ता, विनोद थकालीको २ लाख कित्ता र दुर्गा बहादुर श्रेष्ठको ३३ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरिएको हो।
यसअघि यी सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकताका आधारमा ३५ दिनसम्म खरीदका लागि प्रस्ताव गरिएको थियो। सो अवधिमा सेयर बिक्री नभएपछि अब सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ।
सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजातसहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।




















प्रतिकृया