प्रभु बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ४६.३३ प्रतिशतले घटेर ५५ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १०.१४ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी १०.२३ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड पुगेको छ भने सञ्चालन मुनाफा १६.५२ प्रतिशतले घटेर १ अर्ब १७ करोड २० लाख रुपैयाँमा सीमित भएको छ।
🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट
बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ३७ लाख रुपैयाँ छुट्टाएको छ भने खराब कर्जा अनुपात ०.८४ प्रतिशतबिन्दुले बढेर ५.७८ प्रतिशतमा पुगेको छ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४० करोड ६० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १ रुपैयाँ ७२ पैसा छ। गत बर्ष वितरणयोग्य मुनाफा ३ करोड ४७ लाख रुपैयाँ थियो भने र वितरणयोग्य प्रतिसेयर आम्दानी ५९ पैसा थियो।
बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ४० करोड ६० लाख रुपैयाँ र रिजर्भमा १४ अर्ब ५५ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ। समीक्षा अवधिमा बैंकले ३ खर्ब ४५ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १९ पैसाले घटेर ९ रुपैयाँ ४९ पैसामा आएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १६३.५५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.८७ गुणा कायम रहेको छ।


प्रतिकृया