प्रभू बैंकमा सीइओको कार्यवाहक जिम्मेवारी निरज लम्साललाई

प्रभू बैंकमा सीइओको कार्यवाहक जिम्मेवारी निरज लम्साललाई

प्रभू बैंक लिमिटेडमा कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी सहायक महाप्रबन्धक निरज लम्साललाई दिइएको छ।

आइतबार बैंकका सीइओ अशोक शेरचन सहित तीनजना उच्च पदस्थ अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि बसेको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कार्यवाहक सीइओ तोकेको हो। लम्साल यसअघि बैंकको ऋण असुली विभागका प्रमुखका रूपमा कार्यरत थिए।

बैंकका सूचना अधिकारी रविन्द्र ढकालले जारी गरेको विज्ञप्तिमार्फत सीआईबीको अनुसन्धानका कारण बैंकका कुनै पनि सेवा सुविधा प्रभावित नहुने स्पष्ट गरेका छन्। उनका अनुसार बैंकका सबै सेवा नियमित रूपमा नै सञ्चालित रहनेछन्।

download https://bajarkochirfar.com/niraj-lamsal-appointed-as-acting-ceo-of-prabhu-bank | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स