insta insta

काठमाडौँका यी २४ स्थानमा आज दिउँसो पाँच घण्टा बत्ती जाँदै

काठमाडौँका यी २४ स्थानमा आज दिउँसो पाँच घण्टा बत्ती जाँदै
Advertisement Ads

आज आइतबार काठमाडौँका २४ स्थानमा दिउँसो पाँच घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले मर्मत तथा स्तरोन्नतिको कामका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बत्ती जाने जानकारी दिएको हो।

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै बलम्बु उप–वितरण केन्द्रअन्तर्गत मातातीर्थ सबस्टेशनमा पर्ने सतुंगल फिडर क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। सतुंगल फिडरअन्तर्गतको सबस्टेसन गेटदेखि बौथलीसम्म सडक विस्तारको क्रममा रहेका पुराना पोलहरू हटाएर नयाँ पोलमा लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले पाँच घण्टा विद्युत् आपूर्ति रोकिने जनाइएको हो।

यदि तोकिएको काम समयमै सम्पन्न भयो भने, तय गरिएको समयभन्दा पहिल्यै विद्युत् आपूर्ति पुनः सुरु गरिने पनि प्राधिकरणले उल्लेख गरेको छ। विद्युत् कटौतीको असर मातातीर्थ फिडरअन्तर्गत पर्ने २४ स्थानका उपभोक्ताहरूलाई पर्नेछ।
Screenshot 2025 04 06 095022 y2UFnQKJHa https://bajarkochirfar.com/power-outages-in-these-24-places-in-kathmandu-for-five-hours-this-afternoon | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स