फेसबुकमा पोस्ट गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, “सामाजिक सञ्जाल बन्द गर्ने निर्णय असंवैधानिक र जनविरोधी छ”

फेसबुकमा पोस्ट गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, “सामाजिक सञ्जाल बन्द गर्ने निर्णय असंवैधानिक र जनविरोधी छ”

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको कडा विरोध गरेका छन्।

उनले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारमाथि ठाडो प्रहार भएको भन्दै सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी भएको टिप्पणी गरेका छन्।

प्रचण्डले सामाजिक सञ्जाल नियन्त्रण होइन, उचित नियमन गर्नुपर्नेमा जोड दिँदै सरकारले कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक भएको बताएका छन्।

उनले यो निर्णयले विदेशमा रहेका नेपाली कामदार र उनका परिवारबीचको सम्पर्कमा समेत समस्या आउने चेतावनी दिए।

संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागितासहित अघि बढाउनुपर्नेमा सरकार विपरीत दिशामा गएको भन्दै उनले तुरुन्तै सामाजिक सञ्जाल प्रतिबन्ध फिर्ता लिन माग गरेका छन्।

download 1 https://bajarkochirfar.com/posting-on-facebook-former-prime-minister-prachanda-said-the-decision-to-close-social-media-is-unconstitutional-and-anti-people | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स