पाँच वर्ष पूरानो लाभांश लिन सेयरधनीहरुलाई पोखरा फाइनान्सको आग्रह 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १ गते
पाँच वर्ष पूरानो लाभांश लिन सेयरधनीहरुलाई पोखरा फाइनान्सको आग्रह 

पोखरा फाइनान्स लिमिटेडले पाँच वर्षअघिको लाभांश अझै नबुझेका सेयरधनीहरूलाई त्यसलाई लिन आग्रह गरेको छ। कम्पनीले जेठ १ गते सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७५/७६ को बाँकी नगद लाभांश एक महिनाभित्र बुझ्न अनुरोध गरेको हो।

कम्पनीका अनुसार केही लगानीकर्ताले सो वर्षको नगद लाभांश अझै नबुझेकाले उनीहरूलाई प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादी, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरिएको छ। यदि तोकिएको अवधिभित्र लाभांश नबुझेमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेछ।

२०७५/७६ मा पोखरा फाइनान्सले ७ प्रतिशत बोनस सेयर र करसहित ७.२० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स