अमेरिकामा विमान दुर्घटना, उडेको केहि बेरमै घरमाथि खस्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १७ गते
अमेरिकामा विमान दुर्घटना, उडेको केहि बेरमै घरमाथि खस्यो

अमेरिकामा एक सानो जहाज घरमाथि खसेको घटना शनिबार दिउँसो भएको हो। लोवाबाट मिनिसोटा जाँदै गरेको SOCATA TBM7 एकल इन्जिन जहाज मिनिपोयपोलिसको ब्रुकलिन पार्क नगरस्थित एक घरमा खसेको थियो।

ब्रुकलिन पार्ककी प्रवक्ता रिसीकट एडसोगुनाले जानकारी दिँदै भनिन् कि जहाज खसेपछि आगलागी भएको र घर पूरै नष्ट भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार, उक्त घरमा कुनै पनि व्यक्ति उपस्थित नभएको जानकारी प्राप्त भएको छ। यद्यपि, दुर्घटनामा मानवीय क्षतिको यकिन विवरण अहिलेसम्म प्राप्त भएको छैन।

संघीय उड्डयन कार्यालय (FAA) का अनुसार, जहाजमा कति यात्री थिए भन्ने खुलाइएको छैन, तर पाइलटको मृत्यु भएको बताइएको छ। यस घटनामा कम्तिमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनाबारे अनुसन्धान गरिरहेको राष्ट्रिय यातायात सुरक्षा बोर्डले (NTSB) घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।

सामान्यतया, सोकाटा TBM7 विमानमा ६ जना यात्रीलाई बोक्न सक्ने क्षमता हुन्छ। विमान डेस मोइन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो र अनोका काउन्टी-ब्लेन विमानस्थलमा अवतरण गर्न जाने क्रममा दुर्घटना भएको हो।

ब्रुकलिन पार्कका प्रवक्ताले घरका बासिन्दाहरूलाई कुनै घाइते नभएको र घरमा आगलागीबाट मात्रै क्षति भएको बताएका छन्।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स