insta insta

नेपाल प्रहरीमा जागिर खाने अवसर, आवेदन कसरी दिने?

नेपाल प्रहरीमा जागिर खाने अवसर, आवेदन कसरी दिने?
Advertisement Ads

नेपाल प्रहरीले जवान, भान्छे, र कुचीकार पदका लागि नयाँ भर्ना खुला गरेको छ।

प्रहरीको मानवस्रोत विकास विभागअन्तर्गतको वृत्ति महाशाखा, भर्ना छनौट शाखाले १,१६५ जवान पदका साथै ४७ भान्छे र ११ कुचीकार पदमा भर्ना खुलाएको हो।

फारम कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल, कर्णाली प्रदेश तालिम केन्द्र बाँके, र सुदूरपश्चिम तालिम केन्द्र दियायलबाट प्राप्त गर्न सकिन्छ।

काठमाडौं, भक्तपुर, ललितपुरका जिल्ला प्रहरी परिसर र अन्य सबै जिल्ला प्रहरी कार्यालयहरूबाट पनि फारम भर्ने व्यवस्था मिलाइएको छ।

फारम मंसिर २७ गतेदेखि माघ ७ गतेभित्र बुझाउन सकिनेछ। थप जानकारीका लागि नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित तालिम केन्द्रमा सम्पर्क गर्न सकिन्छ।

viber image 2024 12 06 07 44 14 791 https://bajarkochirfar.com/opportunity-to-get-a-job-in-nepal-police-how-to-apply | %tags

viber image 2024 12 06 07 44 14 879 https://bajarkochirfar.com/opportunity-to-get-a-job-in-nepal-police-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स