SHAREHUB SHAREHUB

ओलीले भने, “सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन”

Advertisement Ads
ओलीले भने, “सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन”
Advertisement Ads

एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएको केही समयपछि सार्वजनिक र निजी सम्पत्ति लक्षित रूपमा नष्ट गरिएको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना दिँदै, ओलीले राजीनामापछि पहिलो पटक आफ्नो प्रतिक्रिया दिएका हुन्।

उनले संविधानमाथि आक्रमण भइरहेको दाबी गर्दै भने, “प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ, नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता तथा कार्यकर्ताको घर र व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।”

ओलीले देश निर्माणको प्रक्रिया ठप्प भएको थियो कि बिग्रिएको थियो भन्ने वा केवल काल्पनिक भाष्यमा आक्रोश फैलाइएको भन्ने कुरा नयाँ पुस्ताले आफैं बुझ्ने बताएका छन्। उनले थपे, “विदेश जाने वा आउने एयरपोर्टको भीडलाई नकारात्मक ठहर गर्ने समाज आज देश बाहिरको अनुमति बन्द हुनुमा के बुझ्छ, त्यो पनि समयले देखाउनेछ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ। तर यो कुरा समयमै बुझिनुपर्छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता केवल इतिहासमै रहने छ।”

जेन-जी आन्दोलनका क्रममा आह्वानकर्ताले घुसपैठ भएको बताएका घटनालाई स्मरण गर्दै ओलीले भने, “त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीमाथि ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली हानिएको घटनाको छानबिन हुनु आवश्यक छ। म फेरि यस घटनाप्रति दुःख व्यक्त गर्दछु र दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु।”

नाकाबन्दी र देशको सार्वभौमसत्तामा आएका चुनौतीहरूलाई परास्त गर्दै संविधान जारी भएको ओलीले बताएका छन्। उनले नेपाल निर्माणमा सबै पुस्ताका नेपाली एक हुनुपर्ने कुरामा जोड दिए र संविधानलाई नेपाली जनताले आफैंका लागि लेखेको भविष्यको रेखा भएको बताए।

Advertisement Ads

Screenshot 2025 09 19 085950 https://bajarkochirfar.com/oli-said-the-government-did-not-order-the-protesters-to-shoot-as-a-warning | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स