SHAREHUBSHAREHUB

अब सरकारी अस्पतालमा क्यान्सरका बिरामीलाई निःशुल्क औषधि दिइने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २९ गते
AdvertisementAds
अब सरकारी अस्पतालमा क्यान्सरका बिरामीलाई निःशुल्क औषधि दिइने
AdvertisementAds

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक ३७ प्रकारका औषधि अब सरकारी अस्पतालमा निःशुल्क उपलब्ध हुने जानकारी दिएका छन्।

नेपालमा औषधिको अभावका कारण विदेश जानुपर्ने समस्या हटाउन अन्तर्राष्ट्रिय संस्था डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइडमार्फत पाँच वर्षसम्म औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएको हो। पहिलो चरणको औषधि आइपुगेको र भरतपुर, भक्तपुर, बाँके र काठमाडौँका चार सरकारी क्यान्सर अस्पतालहरूमा वितरण गरिएको छ।

मन्त्री पौडेलले विपन्न नागरिकलाई राहत दिन राज्यको लगानीबिना नै औषधि उपलब्ध गराउने प्रयास गरिएको र अन्य आवश्यक औषधि ल्याउन पनि पहल जारी रहने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स