होन्डासँगको मर्जर वार्ता असफल भएपछि निसानका सीईओको राजीनामा

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
होन्डासँगको मर्जर वार्ता असफल भएपछि निसानका सीईओको राजीनामा

जापानी अटो निर्माता निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकोतो उचिदाले राजीनामा दिने भएका छन्। निसान र होन्डाबीचको मर्जर वार्ता असफल भएपछि उनले पद त्याग्ने निर्णय लिएका हुन्।

कम्पनीले मंगलबार बोर्ड बैठकपछि उचिदाले आगामी मार्च ३१ बाट सीईओ पद छोड्ने जनाएको छ। साथै, कम्पनीको प्रविधि प्रमुख (सीटीओ) कुनीओ नाकागुरोलाई हटाएर ईइची अकासीलाई सो जिम्मेवारी दिने निर्णय गरिएको छ।

त्यस्तै, निसानका प्रमुख ब्रान्ड तथा ग्राहक अधिकृत असाको होशिनो र रणनीति तथा कर्पोरेट मामिला प्रमुख हिडेआकि वातानाबेले पनि राजीनामा दिने भएका छन्। यी परिवर्तनहरू मार्च ३१ बाट लागू हुने बताइएको छ।

मर्जर वार्ता असफल भएपछि नेतृत्व परिवर्तन
निसान र होन्डा २०२४ देखि मर्जर वार्तामा रहेका थिए। गत डिसेम्बरमा सार्वजनिक रूपमा दुबै कम्पनीले वार्ता २०२५ को जुनसम्ममा टुंग्याइने र २०२६ अगस्टसम्ममा संयुक्त होल्डिङ कम्पनी स्थापना गर्न सकिने बताएका थिए।

तर, पछिल्लो समय होन्डाले निसानलाई नयाँ होल्डिङ कम्पनीमार्फत एकीकरण गर्ने योजनाको सट्टा आफ्नै सहायक कम्पनी बनाउने प्रस्ताव राखेपछि वार्ता भाँडिएको बताइएको छ।

होन्डाका सीईओ तोशिहिरो मिबेले मर्जर वार्ता असफल भए पनि निसान र मित्सुबिसीसँगको रणनीतिक साझेदारीलाई निरन्तरता दिइने बताएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स