निफ्राले पायो ५ अर्बको ऋणपत्र निष्काशन अनुमति

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३१ गते
निफ्राले पायो ५ अर्बको ऋणपत्र निष्काशन अनुमति

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले २०८१ साल वैशाख ३० गते निफ्रालाई यो अनुमति दिएको हो।

निफ्राले प्रतिइकाई मूल्य १ हजार रुपैयाँ दरका ५० लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य ५ अर्ब रुपैयाँ बराबर हुनेछ। तीमध्ये ३० लाख इकाई (३ अर्ब रुपैयाँ बराबर) निजी तबरबाट बिक्री गरिनेछ भने बाँकी २० लाख इकाई (२ अर्ब रुपैयाँ बराबर) सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ।

“निफ्रा उर्जा ऋणपत्र” नाम दिइएको यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ। बैंकले यसमा वार्षिक ६ प्रतिशत ब्याज दिनेछ।

धितोपत्र बोर्डका अनुसार, ऋणपत्रबाट संकलन हुने पुँजीलाई वातावरणमैत्री परियोजना सञ्चालन तथा दिगो विकासका पहलहरूमा लगानी गरिनेछ। यसले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू न्यूनीकरणमा समेत सहयोग पुर्याउने लक्ष्य राखिएको छ।

यस ऋणपत्र निष्काशनको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकका रूपमा रहनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स