instainsta

एनआईसी एशिया लघुवित्तको नाफा ८१३३.९८ प्रतिशतले बढ्यो: नाफा बढेर आकाश छुँदा लाभांश क्षमता पातालमा

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ७ गते
एनआईसी एशिया लघुवित्तको नाफा ८१३३.९८ प्रतिशतले बढ्यो: नाफा बढेर आकाश छुँदा लाभांश क्षमता पातालमा
AdvertisementAds

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ८१३३.९८ प्रतिशतले बढेर १० करोड ६९ लाख १६ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले १२ लाख ९८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफामा आएको उल्लेख्य वृद्धिका कारण नाफा तीव्र रूपमा बढेको हो।

तेस्रो त्रैमाससम्ममा संस्थाको खुद ब्याज आम्दानी ७२.२० प्रतिशतले बढेर ८५ करोड ४० लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ६९.४५ प्रतिशतले बढेर ९५ करोड ४६ लाख पुगेको छ। यता, सञ्चालन मुनाफा ८३५६.०३ प्रतिशतले बढेर १५ करोड ९० लाख रुपैयाँमा पुगेको छ।

लघुवित्तको खराब कर्जा अनुपात ३.०४ प्रतिशतबिन्दुले बढेर १६.५९ प्रतिशत पुगेको छ भने इम्पेयरमेन्ट चार्ज ६५ लाख ऋणात्मकबाट बढेर १३ करोड ६ लाख पुगेको छ।

लघुवित्तको वितरणयोग्य नाफा ३२ करोड ३७ लाख रुपैयाँले ऋणात्मक रहँदा लाभांश क्षमता २४.८१ प्रतिशत ऋणात्मक बनेको छ।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४७ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १० पैसाले बढेर ८ रुपैयाँ २० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२७.३५ रुपैयाँ रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स