एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न, केके प्रस्तावहरु भए पारित ?

एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न, केके प्रस्तावहरु भए पारित ?

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा जेठ ३० गते गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ ।

उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (२०८२ आषाढ मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको सञ्चालक निर्वाचन कार्यक्रमबाट संस्थापक समुहतर्फ एनआईसी एशिया बैंक लिमिटेडबाट मनोनित भई प्रतिनिधित्व गरेका लक्ष्मण चालिसे, विभोर कुमार अग्रवाल, दिपेन्द्र शर्मा र पुष्कर राज जोशी तथा सर्वसाधारण ससमुहतर्फ बलराम पौडेल र मिलन सिग्देल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।

साथै, साधारण सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकबाट नव निर्वाचित सञ्चालक लक्ष्मण चालिसेलाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा चयन गरिएको छ । नव निर्वाचित सञ्चालकहरुको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स