एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक सेयरधनीहरूका १ करोड ४५ हजार कित्ता सेयरको पाँच वर्षे लकइन अवधि भोलि असार १९ गते सकिँदैछ।
कम्पनीले वि.सं. २०७७ सालको असार २० गते सर्वसाधारणका लागि आईपीओ बाँडफाँड गरेको थियो। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार, त्यस मितिबाट पाँच वर्षसम्म संस्थापक सेयरहरू लकइनमा राख्नुपर्ने व्यवस्था रहेकाले ती सेयर हालसम्म कारोबारमा आएका थिएनन्।
अब, लकइन अवधि सकिएपछि आइतबारदेखि ती सेयरहरू दोस्रो बजारमा कारोबार गर्न पाइनेछ।
विश्लेषकहरूका अनुसार, यस्तो किसिमको लकइन समाप्तिले बजारमा थप आपूर्ति बढाउने सम्भावना रहन्छ, जसले कम्पनीको सेयरमूल्यमा केही दबाव सिर्जना गर्न सक्छ।

















प्रतिकृया