instainsta

तीन कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ८ गते
तीन कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु
AdvertisementAds

आज चैत ८ गते तीन कम्पनीको साधारण सभा बस्दैछ। तीन कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको आज चैत ८ गते वार्षिक साधारणसभा बस्दैछ।

सानिमा रिलायन्स लाइफको आज आठौं वार्षिक साधारणसभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले चुक्ता पूँजीको १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस सेयर वितरणपछि पूँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया लघुवित्तको आज सातौं वार्षिक साधारणसभा सुनसरीस्थित गोर्खा होटलमा बिहान ९ बजेदेखि बस्दैछ। सभामा सेयर संरचना परिमार्जन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको गर्नेछ। साधारणसभा प्रायेजनार्थ कम्पनीले फागुन २८ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजका आधारमा फागनु २७ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

सिन्धु विकास बैंकले यसअघि नै  फागुन २८ गते सभा बोलाएको थियो। तर, गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको थियो। बैंकको सोहि  १४औं र १५ औं वार्षिक साधारणसभा अब भोलि बस्दैछ।

सभामा हाल कायम चुक्ता पूँजीको २ः१ (५० प्रतिशत) को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमालीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ।

साथै, गत दुई आवको वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारश्रमिक अनुमोदन गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक भरत बहादुर कार्कीको नियु्िक्त अनुमोदन गर्ने प्रस्ताव पनि पेश गरिनेछ। सभा प्रयोजनार्थ बैंकले फागुन १५ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स