करिब एक महिनाको गण्डकी बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो साढे तीन बजे पोखराबाट काठमाडौं फर्कँदै छन्। उनको भव्य स्वागत गर्न राप्रपा तथा राजावादी संगठनहरूले तयारी गरेका छन्।
राप्रपाले आमसभा स्थगित गरी राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर त्रिभुवन विमानस्थलमा स्वागत गर्ने जनाएको छ। शाहलाई चक्रपथ हुँदै निर्मल निवास लैजाने योजना छ।
गृह मन्त्रालयले स्वागतमा करिब १० हजार मानिस सडकमा आउने अनुमान गरेको छ भने राजावादी समूहहरूले २५ हजारभन्दा बढी सहभागी हुने दाबी गरेका छन्। सुरक्षा सतर्कता बढाइएको छ, र विमानस्थलमा सीमित व्यक्तिलाई मात्र जान दिइनेछ।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया