एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतले ‘नेपो बेबी’को नाममा आफ्नी छोरी र ज्वाइँलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा लक्षित गरिएकोप्रति आपत्ति जनाएका छन्।
आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो गतिविधि आपराधिक प्रकृतिको भएको दाबी गर्दै सरकारसँग तत्काल कानुनी कारबाहीको माग गरेका हुन्।
उनले यस्तो अभियान कुनै स्वतन्त्र वा रचनात्मक आन्दोलन नभई अराजकतावादी र पुनरुत्थानवादी सोचले चलाएको आरोप लगाए। बस्नेतले राज्य र नेताहरूमाथि बदनाम गर्ने प्रयास असफल भएपछि त्यही समूहले अब ‘Gen Z Nepo baby’ को नाममा अफवाह फैलाइरहेको आरोप लगाएका छन्।
बस्नेतले विशेष गरी आफ्नी छोरीको विवाहसम्बन्धी निजी क्षणलाई टिकटकमा तोडमोड गरेर प्रचार गरिएकोप्रति गम्भीर असन्तोष व्यक्त गरे।
उनले परिवारले नातावाद वा कृपावाद प्रयोग नगरेको दाबी गर्दै भनेका छन्, “छ भने पुष्टि गराउन चुनौती दिन्छु। मेरो र मेरो परिवारको सम्पत्ति तथा जीवनशैली पूर्ण पारदर्शी छ र म गौरवपूर्वक जुनसुकै स्थानमा यसको पुष्टि गर्न सक्छु।”


प्रतिकृया