instainsta

विदेश अध्ययन गर्न जाँदा आठ महिनामा नेपाली विद्यार्थीले लगे ८९ अर्ब

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
विदेश अध्ययन गर्न जाँदा आठ महिनामा नेपाली विद्यार्थीले लगे ८९ अर्ब
AdvertisementAds

आर्थिक वर्षको आठ महिनामा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ८९ अर्ब रुपैयाँ लगेको छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि फागुन मसान्तसम्म ८८ अर्ब ९८ करोड रुपैयाँ विद्यार्थीले विदेश लगेका छन्।अघिल्लो वर्ष सोही अवधिमा विद्यार्थीले ८० अर्ब १८ करोड रुपैयाँ विदेश लगेका थिए।

त्यसैगरी, खुद सेवा आय ७५ अर्ब १३ करोड रुपैयाँको घाटामा रहेको छ। गत वर्षको सोही अवधिमा खुद सेवा आय ४३ अर्ब ६३ करोड रुपैयाँ घाटामा थियो।

सेवा खाता अन्तर्गत भ्रमण आयमा पनि वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा भ्रमण आय ९.७ प्रतिशतले बढेर ५६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय ५१ अर्ब ६९ करोड रुपैयाँ थियो।

यस्तै, भ्रमण खर्च पनि वृद्धि भएको छ। भ्रमण खर्च २०.६ प्रतिशतले बढेर १४८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा १२२ अर्ब ८१ करोड रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स