नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा भएको छ । संस्थापन पक्षको विमतिका बीच सहमतिको प्रयास असफल भएपछि गएराति नयाँ कार्यसमिति सार्वजनिक गरिएको हो ।
काठमाडौँको भृकुटीमण्डपमा आइतवारदेखि सुरु भएको विशेष महाधिवेशनबाट पार्टी सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।
यस्तै सहमहामन्त्रीमा डा. डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिंह लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) निर्वाचित भएका छन् ।
खुला ३५ केन्द्रीय सदस्यमा गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, जयबाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईं, डा. केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजङ्ग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह निर्वाचित भएका छन् ।
महिला खुला केन्द्रीय सदस्यमा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउँद ऐर र दिलकुमारी राई निर्वाचित भएका छन् ।
प्रदेशगत केन्द्रीय सदस्यतर्फ कोशीबाट शारदादेवी कोइराला, हिमालय कर्माचार्य र अग्नि पौडेल, मधेशबाट मधु शाही, रामानन्द यादव र बजरङ्ग नेपाली तथा बागमतीबाट उमा दाहाल, जितनारायण श्रेष्ठ र रमेश धमला निर्विरोध चयन भएका छन् ।
गण्डकीबाट विष्णुदेवी पाण्डे, रेशम बानियाँ र कृष्ण केसी, लुम्बिनीबाट पवित्राकुमारी अर्याल, केशव आचार्य र रामबहादुर कार्की, कर्णालीबाट रमादेवी खड्का, दिक्पाल शाही र नारायण भट्टराई तथा सुदूरपश्चिमबाट निपा चोख्याल, हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् ।
समावेशी कोटाअन्तर्गत अपाङ्गता तर्फ प्रकाश पन्त, अल्पसंख्यकतर्फ शिवनारायण सिंह गनगाई, दलिततर्फ मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य विक र दिनेश सुनार निर्वाचित भएका छन् ।
आदिवासी जनजाति महिला तर्फ सपना राजभण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लीलादेवी बोखिम लिम्बू, डा. अमिता प्रधान र छोन्दुल्होम शेर्पा तथा खुलातर्फ तारामान गुरुङ, अष्टकुमार कवे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दिपेन श्रेष्ठ चयन भएका छन् ।
खसआर्य महिला तर्फ उमा सिवाकोटी, बाला अधिकारी, मुना भुसाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री तथा खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुसाल निर्वाचित भएका छन् ।
मधेशी महिला तर्फ अञ्जु झा, चन्द्रकलाकुमारी यादव, गोमा अन्सारी र निलम साह तथा मधेशी खुलातर्फ रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव र रामरुप प्रसाद निर्विरोध भएका छन् ।
यस्तै मुस्लिम महिला पदमा सनम बेगम, मुस्लिम खुलामा अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार, थारु महिला तर्फ नवोदिता चौधरी र सुनिता राना, थारु खुलातर्फ सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित तथा पिछडिएको क्षेत्र खुला केन्द्रीय सदस्यमा दीपकजङ्ग शाह निर्वाचित भएका छन् ।














![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया