राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

शुक्रबार जारी गरिएको विज्ञापनअनुसार तृतीय श्रेणीका विभिन्न समूहमा अधिकृत तथा द्वितीय श्रेणीमा सहायक पदका लागि आवेदन माग गरिएको हो। तृतीय श्रेणीअन्तर्गत अर्थशास्त्रमा १, व्यवस्थापनमा १, प्रशासनमा ३९, लेखामा १० र वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक माग गरिएको छ।

त्यस्तै, द्वितीय श्रेणीमा २१ जना प्रशासन सहायकका लागि आवेदन खुला गरिएको छ। इच्छुक उम्मेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम बुझाउन सकिनेछ। तृतीय श्रेणीका लागि एउटा समूहको परीक्षा दस्तुर १ हजार रुपैयाँ र हरेक समावेशी समूहका लागि अतिरिक्त ४०० रुपैयाँ तोकिएको छ। द्वितीय श्रेणी सहायकका लागि दस्तुर ८०० रुपैयाँ र समावेशी समूहमार्फत आवेदन गर्दा थप ३०० रुपैयाँ लाग्नेछ।

nrb jagir 1764898692 scaled e1764900116705 https://bajarkochirfar.com/nepal-rastra-bank-has-asked-for-76-employees-when-can-applications-be-submitted | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स