नेपाल प्रहरीले ३९३ जनाका लागी जागिर खुलायो, केके छन् पदहरू ?
नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाएको छ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत र भर्ना छनोट महाशाखाका अनुसार, जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिता मार्फत समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको हो।
प्रहरी निरीक्षक पदका लागि ७७ जना र प्रहरी सहायक निरीक्षक पदका लागि ३१६ जना आवश्यक रहेका छन्।