नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी ९.५५ प्रतिशत बढेर ७ करोड १९ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ६ करोड ५६ लाख ६० हजार रुपैयाँ कमाएको थियो । कम्पनीको कुल नाफा समीक्षा अवधिमा १०.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.८७ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने ६६.०५ प्रतिशत घटेको छ।
३५ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा भने १० करोड ३३ लाख रुपैयाँ रहेको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ १८ पैसा पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.१९ गुणा रहेको छ।



















प्रतिकृया