नेपाल विद्युत् प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नेपाल विद्युत् प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले अधिकृतस्तरदेखि सहायकस्तरसम्मका विभिन्न पदमा आवेदन खुलाएको हो।

सूचनाअनुसार अधिकृतस्तरतर्फ सहनिर्देशकदेखि वातावरणविदसम्मका पदमा १३२ जना कर्मचारी माग गरिएको छ। त्यसैगरी, सहायकस्तरतर्फ मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदका लागि १३० जनाको विज्ञापन प्रकाशित गरिएको छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले आगामी माघ १० गतेभित्र नेपाल विद्युत् प्राधिकरणको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, ज्येष्ठता, कार्यसम्पादन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन खुलाइएको प्राधिकरणले जनाएको छ।

NEA vacancy 1 scaled https://bajarkochirfar.com/nepal-electricity-authority-has-asked-for-a-large-number-of-employees-for-which-positions-can-applications-be-made | %tags NEA vacancy 2 https://bajarkochirfar.com/nepal-electricity-authority-has-asked-for-a-large-number-of-employees-for-which-positions-can-applications-be-made | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स