प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को सोमबार उद्घाटन गर्दै उनले उद्यमशीलताको विकासमार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
उनका अनुसार, नेपालीहरूले विदेशमा श्रम गर्न जाने तर स्वदेशमा रोजगारीका अवसर सीमित हुनु अर्थतन्त्रको लागि चुनौतीपूर्ण विषय हो। यसलाई समाधान गर्न विज्ञान तथा प्रविधिको भरपुर उपयोग गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उनले जोड दिए। साथै, प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।
सो अवसरमा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। साथै, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्विस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया