नाथमले ट्रेकिङ गाइडसहित ६ वटा तालिममा आवेदन खुलायो, कसरी दिने आवेदन ?

नाथमले ट्रेकिङ गाइडसहित ६ वटा तालिममा आवेदन खुलायो, कसरी दिने आवेदन ?
Advertisement Ads

नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम)ले पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न ६ वटा तालिमका लागि आवेदन खुलाएको छ।

प्रतिष्ठानले सार्वजनिक सूचना जारी गर्दै ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, बेसिक फुड प्रिपरेशन (कुक), बेकरी, बारिस्टा तथा एक वर्षे डिप्लोमा इन कुलिनरी आर्ट्स तालिमका लागि योग्य नेपाली नागरिकबाट दरखास्त मागेको हो।

सबैभन्दा धेरै ५०० जनाको कोटा रहेको ५ हप्ते ट्रेकिङ गाइड तालिमका लागि प्लस टु उत्तीर्ण वा एसईई उत्तीर्ण गरी दर्तावाला ट्रेकिङ एजेन्सीमा २ वर्ष काम गरेको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। ट्रेकिङ पोर्टर गाइड तालिम पूरा गरी लाइसेन्स प्राप्त गरेपछि ४ वर्ष काम गरेको अनुभव भएकाले पनि आवेदन दिन पाउनेछन्। आवेदन दिने अन्तिम म्याद साउन २९ गते तोकिएको छ भने भदौ ८ गते तालिम सुरु हुनेछ।

त्यस्तै, ११० जनाको कोटा रहेको १५ दिने ट्रेकिङ पोर्टर गाइड तालिमका लागि पनि आवेदन खुला गरिएको छ। अन्तर्राष्ट्रिय भाषामध्ये कुनै एक भाषामा आधारभूत सञ्चार गर्न सक्ने र ट्रेकिङ क्षेत्रमा पोर्टरका रूपमा २ वर्ष काम गरेको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। यस तालिम पनि भदौ १० गतेदेखि सञ्चालन हुनेछ।

हस्पिटालिटीतर्फ ४० जनाको कोटा सहित ३ महिने बेसिक फुड प्रिपरेशन (कुक), ४० जनाको कोटा रहेको १ महिने बेकरी तथा २० जनाको कोटा रहेको १ महिने बारिस्ता तालिमका लागि पनि आवेदन मागिएको छ। यी तालिममा एसईई वा सो सरह उत्तीर्णले आवेदन दिन सक्नेछन्। कुक, बेकरी र बारिस्ता तालिम असोज १ गतेदेखि सञ्चालन हुनेछन्।

यसैगरी, ४४ जनाको कोटा रहेको एक वर्षे डिप्लोमा इन कुलिनरी आर्ट्सका लागि भदौ १७ गतेसम्म आवेदन दिन सकिनेछ। यस कार्यक्रमको कक्षा असोज १२ गतेदेखि सुरु हुनेछ।

तालिम शुल्क ट्रेकिङ पोर्टर गाइडका लागि ३,५०० रुपैयाँ, ट्रेकिङ गाइडका लागि १०,००० रुपैयाँ, बेसिक फुड प्रिपरेशन (कुक)का लागि ३०,००० रुपैयाँ, बेकरी र बारिस्टाका लागि २४,००० रुपैयाँ तथा डिप्लोमा इन कुलिनरी आर्ट्सका लागि २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिष्ठानका अनुसार बारिस्टा तालिम सञ्चालनका लागि कम्तीमा १० जना, कुक र बेकरीका लागि २०–२० जना तथा डिप्लोमा कार्यक्रमका लागि २२ जना आवेदन अनिवार्य हुनेछ।

इच्छुकले नागरिकता, शैक्षिक योग्यता, अनुभव प्रमाणपत्र (लागू हुनेमा) र दुई प्रति पासपोर्ट साइज फोटोसहित आवेदन दिनुपर्नेछ। प्रत्येक तालिमको आवेदन फाराम दस्तुर १,००० रुपैयाँ तोकिएको छ भने फाराम प्रतिष्ठानको कार्यालय वा www.nathm.gov.np बाट डाउनलोड गर्न सकिनेछ।

notice 1785828847981 https://bajarkochirfar.com/natham-opens-applications-for-6-training-courses-including-trekking-guides-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स