नबिल बैंक ४२औँ वर्षमा प्रवेश

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २९ गते
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले ४१औं वर्ष पूरा गर्दै ४२औं वर्षमा प्रवेश गरेको छ। सन् १९८४ मा स्थापना भएको यस बैंकले वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको प्रवर्द्धन र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। ग्राहक केन्द्रित सेवा र दिगो बैंकिङ अभ्यासमार्फत नबिलले आफूलाई नेपालको पहिलो नम्बरको बैंकका रूपमा स्थापित गर्न सफल भएको छ।

४१औं वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले आर्थिक समृद्धिमा बैंकको योगदानलाई गर्वका साथ स्मरण गर्दै आगामी दिनहरूमा उत्तरदायी र नवीन अभ्यासमार्फत अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले बैंकको सफल यात्रामा साथ दिने ग्राहक, कर्मचारी, नियामक निकाय, सरकार र सेयरधनीप्रति आभार व्यक्त गरे।

स्थापनाको शुरुवातदेखि कम्प्युटर प्रणालीमा आधारित सेवा दिने पहिलो संयुक्त लगानी बैंकको रूपमा परिचित नबिल बैंकले प्रविधिको प्रयोगमा पनि अग्रणी भूमिका खेलेको छ। चार दशकको यात्रामा बैंकले पुँजी, निक्षेप, कर्जा, नाफा, सम्पत्ति र शाखा सञ्जाल सबै क्षेत्रमा उल्लेखनीय वृद्धि गरेको छ।

२०४१/४२ मा बैंकको नेटवर्थ २ करोड ८० लाख रुपैयाँ रहेकोमा हालसम्म ६१ अर्ब २४ करोड पुगेको छ। त्यस्तै, निक्षेप ५ खर्ब १० अर्ब, कर्जा प्रवाह ४ खर्ब १५ अर्ब र कुल सम्पत्ति ६ खर्ब ११ अर्ब नाघेको छ। प्रारम्भिक १० लाख रुपैयाँ नाफाबाट सुरु भएको बैंकले हाल तेस्रो त्रैमाससम्म ५ अर्ब ५ करोड नाफा कमाएको छ। बैंकको शाखा संख्या २६८ पुगेको छ भने कर्मचारी संख्या २,४३१ पुगेको छ।

बैंकले हालसम्म करिब २५ लाख ग्राहकलाई सेवा दिइरहेको छ। मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, अनलाइन कर्जा तथा खाता खोल्ने सुविधा जस्ता डिजिटल सेवा उपलब्ध छन्।

वार्षिकोत्सवको अवसरमा बैंकले ४१ दिने विशेष अफर सार्वजनिक गरेको छ। असार २८ देखि भदौ ५ सम्म नयाँ बचत खाता खोल्ने ग्राहकलाई पहिलो वर्ष निःशुल्क डेबिट कार्ड प्रदान गरिनेछ।

त्यस्तै, महिलालाई लक्षित गर्दै “नबिल स्मार्ट नारी घर कर्जा” योजना पनि ल्याइएको छ। यस योजना अन्तर्गत महिलाले घर खरिद, निर्माण, मर्मत वा अन्य बैंकबाट कर्जा सार्नका लागि न्यूनतम ७ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा पाउन सक्नेछन्। पहिलोपटक घर खरिद गर्ने महिलालाई ७०% सम्म कर्जा दिइनेछ र अधिकतम ३५ वर्षे अवधि तथा आधार दरमा १.५% प्रिमियम ब्याजदरमा कर्जा पाइनेछ। कर्जामा कुनै पूर्वभुक्तानी शुल्क नलाग्ने र ग्राहकले दुई लाख रुपैयाँसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा पाउने छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स