सांसद खनालको गृहमन्त्रीलाई प्रश्न: “प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले कुर्सीमा बस्ने?”



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै भने, “कुन नैतिकताले गृहमन्त्री कुर्सीमा बस्ने?” मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले अनेरास्ववियु का नेताले डिउटीका प्रहरीमाथि कुटपिट गरेपनि नेपाल प्रहरीले अनुसन्धान नगरेको विषयमा प्रश्न उठाए।

“डिउटीमा रहेका प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेतामाथि प्रहरीले अनुसन्धान गर्न हिम्मत नगरेको छ,” उनले विद्यार्थीको पठाएको मेसेजको हवाला दिँदै भने। उनले गृहमन्त्रीको आलोचना गर्दै दुईतिहाई सरकारका गृहमन्त्रीले प्रहरीको सुरक्षा गर्न नसक्ने आरोप लगाए।


Advertisement

“कम्तीमा नेताहरूले छातीमा हात राखेर भन्नुपर्छ, यदि गृहमन्त्री आफैँले प्रहरीको सुरक्षा दिन सक्दैनन् भने नेपाली युवा कुन मुख हेरेर देशमा बस्ने?” खनालले थपे। उनले गृहमन्त्रीसँग जवाफको माग गर्दै भने, “प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले कुर्सीमा बस्ने?”

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर