SHAREHUBSHAREHUB

थप एक नेपालीमा पुष्टि भयो मंकिपक्स, यो रोग मानिसमा कसरी सर्छ?

AdvertisementAds
थप एक नेपालीमा पुष्टि भयो मंकिपक्स, यो रोग मानिसमा कसरी सर्छ?
AdvertisementAds

थप एक नेपालीमा मंकिपक्स पुष्टि भएको छ। साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।

‘थप एक जनामा पुष्टि भएको सत्य हो। परीक्षणको क्रममा सङ्क्रमण देखिएको छ। सङ्क्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौं,’ उनले भने।

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो। उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए। यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मंकिपक्स सङ्क्रमण पुष्टि भएको थियो।

मंकिपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ। एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ। यो रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थजस्तै थुक, र्‍याल, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स