मिथिला लघुवित्तले कमायो ५ करोड नाफा, अरु सूचक कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २३ गते
मिथिला लघुवित्तले कमायो ५ करोड नाफा, अरु सूचक कति ?

मिथिला लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ७७.१४ प्रतिशतले बढेर ५ करोड ३२ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी ४३.३६ प्रतिशतले बढेर १३ करोड ८३ लाख रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ११५.०२ प्रतिशतले बढेर ७ करोड ५९ लाख रुपैयाँमा पुगेको छ। खराब कर्जा अनुपात ३.९० प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ।

लघुवित्तको चुक्ता पूँजी १९ करोड ६० लाख रुपैयाँ रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १९६ रुपैया ९८ पैसा रहेको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स