instainsta

अर्थ मन्त्रालयको प्रगति विवरण सार्वजनिक: कुन मन्त्रालयले कति गर्यो काम ? (पूर्णपाठ)

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २५ गते
अर्थ मन्त्रालयको प्रगति विवरण सार्वजनिक: कुन मन्त्रालयले कति गर्यो काम ? (पूर्णपाठ)
AdvertisementAds

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयको प्रगति विवरण सार्वजनिक गरेका छन्। आइतबार मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को यथार्थ र आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यअनुसार, सबै मन्त्रालयसँग सम्बन्धित नीति तथा कार्यक्रमको वित्तीय र भौतिक प्रगति विवरण वि.सं. २०८१ चैत मसान्तसम्म समावेश गरिएको छ। साथै, सम्बन्धित मन्त्रालयहरूले सो अवधिमा सम्पन्न गरेका महत्त्वपूर्ण कार्यहरू संक्षेपमा प्रस्तुत गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणमा आर्थिक ऐन, २०८१ को दफा १८ अनुसार चैत मसान्तसम्म दिइएको राजस्व छुटको विवरण, आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारलाई प्राप्त वैदेशिक सहायता, र चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म प्राप्त वैदेशिक सहयोगको आयोजनागत प्रतिवद्धता विवरण समेत समावेश गरिएको छ।

यो मन्त्रालयगत प्रगति विवरण सम्बन्धित मन्त्रालयबाट उपलब्ध गराइएका तथ्याङ्क, सूचना र प्रगति विवरण, साथै महालेखा नियन्त्रक कार्यालयको खर्च व्यवस्थापनसम्बन्धी सूचना प्रणालीमा आधारित तथ्याङ्कहरूका आधारमा तयार गरिएको हो।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स