लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज मिति कहिले?

लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज मिति कहिले?

लाभांश प्रस्ताव पारित गर्न मञ्जुश्री फाइनान्सले वार्षिक साधारण सभाको बोलाएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा थापागाँउ ब्यांक्वेट, थापागाँउ नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ६.३५ नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यसर्थ, कम्पनीले ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ नगदमा खर्च गर्नेछ ।सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

त्यसैगरी, सभामा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक सेयरधनीको समूह तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूह तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालनहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

कम्पनीले सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १० गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन सक्नेछन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स