गीतकार ‘आस्था’ले गीतैमै भनिन्,‘‘लाखौं चोट दियौ तिमीले, तर चोटमै माया गर्छु”

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ११ गते

गीतकार ममिला पौडेल ‘आस्था’ले आफ्नो जन्मदिनको विशेष अवसर पारेर ‘लाखौं चोट’ शीर्षकको गीत सार्वजनिक गरेकी छन्। हाल महिला लघुवित्त वित्तीय संस्था लिमिटेडमा सामान्य प्रशासन विभाग प्रमुख (General Administration Dept. Head) को रूपमा कार्यरत आस्था साहित्यिक रचनामा पनि उत्तिकै सक्रिय छिन्।

कार्यक्रम काठमाडौंमा आयोजना गरिएको थियो, जहाँ साहित्यमैत्री माहोल देखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि लोकप्रिय गीतकार तथा मुक्तककार रमेश पौडेलले गीतको शब्द, भाव र भिडियोलाई एक अर्कासँग उत्कृष्ट रूपमा जुराइएको भन्दै प्रशंसा गरे। उनले भने, “धेरै गीत लेखेँ, तर स्रोता-दर्शकको मन छोने त थोरै मात्र हुन्। ‘लाखौं चोट’ तीमध्ये एक हो।”

कवि तथा गीतकार बमबहादुर थापा ‘जिताली’ले ममिलाको सिर्जनामा उत्तरोत्तर परिष्कार भइरहेको भन्दै लमजुङको माटो केवल कृषिका लागि होइन, साहित्य र संगीतको उर्वर भूमि भएको उल्लेख गरे।

संगीतकार तथा निर्देशक शिवराज गौतमले गीत र भिडियो निर्माणको क्रममा आफूले भोगेका भावनात्मक अनुभवहरू साझा गर्दै यो गीत कालजयी बन्ने विश्वास व्यक्त गरे। उनले भिडियोको कथा र निर्देशन दुवै सम्हालेका छन्।

कार्यक्रममा वागमती टिभीका प्रमुख मनोज न्यौपाने, मुक्तकालयकी अध्यक्ष नीलञ्जला भारद्वाज, हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’, उपन्यासकार अञ्जना पौडेल लगायत साहित्यिक क्षेत्रका व्यक्तित्वहरूले गीतकार आस्थालाई जन्मदिनको शुभकामना दिँदै लेखन यात्राको सफलताको कामना गरे।

लोकप्रिय गजलकार विपिन मर्मले सहजीकरण गरेको कार्यक्रममा माइन्ड प्लसका प्रमुख नवीन पल्लवले उपस्थित सबैलाई स्वागत गरेका थिए।

‘लाखौं चोट’ गीतमा सारिका घिमिरे र शिवराज गौतमको सुमधुर स्वर रहेको छ। गीतको म्युजिक भिडियोमा रोजन सुन्दास र सुरज सुर्खेती लगायतले अभिनय गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स