सेवाग्राहीसँग घुस लिएको आरोपमा वडा सचिव पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १२ गते
सेवाग्राहीसँग घुस लिएको आरोपमा वडा सचिव पक्राउ
AdvertisementAds

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडासचिव अजयकुमार साहलाई १० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।

आयोगका अनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागेर दुःख–हैरानी दिएको भन्ने सूचना तथा उजुरीपछि इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा साहलाई सोही वडास्थित एक स्थानीय होटलबाट पक्राउ गरिएको आयोगले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स