दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीले नोक्सानी घटाउन सफल भएको छ ।
समीक्षा अवधिमा कम्पनीले १५ लाख ७२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६ करोड ८ लाख रुपैयाँबाट १४.४७ प्रतिशतले बढेर ६ करोड ९६ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च ५ करोड २९ लाखबाट घटेर ३ करोड ६३ लाख कायम भएको छ। कम्पनीको आम्दानी बढ्दा र खर्च कम हुँदा नोक्शानी घटेको हो।
२६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोष २५ करोड २० लाख रुपैयाँले ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ६० पैसा नोक्सानीमा र प्रतिसेयर नेटवर्थ ४ रुपैयाँ ५३ पैसा छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया