बलेफी हाइड्रोपावर लिमिटेडको १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता सेयरको लकइन अवधि आगामी चैत २९ गते समाप्त हुँदैछ।
झण्डै तीन वर्षदेखि लकइनमा रहेको संस्थापकतर्फको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता, स्थानीय बासिन्दातर्फको १८ लाख २७ हजार ९७० कित्ता, र कर्मचारीतर्फको ७३ हजार ११९ कित्ता सेयर त्यसपछि किनबेच गर्न सकिनेछ।
तर, सञ्चालक सदस्य तथा उच्च तहका कर्मचारीहरूले पदमा रहेका बेला तथा पदबाट हटेपछि पनि एक वर्षसम्म सेयर कारोबार गर्न नपाउने व्यवस्था कायम रहनेछ।



















प्रतिकृया