बलेफी हाईड्रोपावर लिमिटेडको स्थगित १४औं वार्षिक साधारण सभा माघ ८ गते पुनः बस्ने भएको छ । यसअघि पुस २९ गतेका लागि तय गरिएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो ।
कम्पनीले पुस २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार होटल क्रिस्टल पशुपति, काठमाडौंमा बिहान ११ः३० बजे साधारण सभा पुनः आयोजना गर्न लागेको हो ।
सभामा यसअघि नै तय गरिएका प्रस्तावहरू नै पेश गरिनेछन् । जसअन्तर्गत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव, सञ्चालक समितिको बैठक भत्ता निर्धारण गर्ने विषय तथा रित्त सञ्चालक पदमा गरिएको नियुक्तिलाई अनुमोदन गराउने कार्यक्रम रहेको छ ।
यसैगरी, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्ने तथा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पेश गरिने कम्पनीले जनाएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको हुँदा पुस १३ गतेसम्म कायम सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन सक्नेछन् ।















प्रतिकृया